सुनकोशीमा बेपत्ता भएका थप एक जनाको शव भेटियो
सिन्धुली | जेठ २७, २०८०
सिन्धुली: सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनाकै शव भेटिएको छ । हराइरहेका यमप्रसाद भुर्तेलको शव दुर्घटनास्थलबाट झण्डै ९५ किलोमिटर तल उदयपुर ताप्ली गाउँपालिका-५ मा सुनकोशी नदीको किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको हो ।
जेठ १९ गते भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए । बेपत्तामध्ये केसी र पौडेलको शव जेठ २३ गते फेला परेको थियो ।
जीपका चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल हुनुभएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

